अभिनेता विल्सन विक्रम राई हाँस्य सिरियल ‘मेरी बास्सै’ प्रशारण हुँदा जती लक्की थिए, अहिले त्यस्तो लक्की देखिएका छैनन् । कारण, उनी अभिनित फिल्मले बक्स अफिसमा कमालको व्यापार गरेन । फिल्म क्षेत्रमा भने उनी असफल जस्तै देखिएका छन् ।
उनै, विल्सनले अब आफूले कुनै पनि फिल्ममा अतिथीको भूमिकामा काम नगर्ने बताएका छन् । फिल्म ‘ड्रिम गल’को घोषणा कार्यक्रममा बोल्दै विल्सनले आफूलाई अतिथी, केमियो भूमिकाका लागि अफर नगर्न आग्रह गरे । उनले भने–‘मैले साथीभाइको फिल्म भनेर केमियो भूमिकामा काम गरे । तर, मलाई त्यसले फाइदा भएन । हलमा पुग्दा दर्शकले मलाई खासै देखेनन् ।’
फिल्मको ट्रेलरमा जति देखायो आफू फिल्ममा पनि त्यतीमै सिमित भएको भन्दै उनले अतिथी भूमिका नगर्ने बताएका हुन् । विल्सनले फिल्म सुटिङमा राम्रै दृश्य खिचिएपनि हलमा पुग्दा आफ्नो भूमिका काटिएको समेत गुनासो गरे । उनले फिल्म ‘ड्रिम गर्ल’मा भने आफू अतिथी भूमिकामा नरहेको स्पष्ट पारे ।