सामाजिक संजाल फिल्म ‘छक्का पन्जा २’का कलाकारको एउटै स्टाटसले तातिएको छ । ‘एक जना हिरोइनले हाम्रो फिल्म हेर्ने दर्शक मुर्ख हुन् भन्नुभएछ । त्यही भएर उहाँका फिल्मले दर्शक पाएका छैनन् । गेट वेल सुन’ ।
फिल्मका सबै टिमले यस्तो लेख्दै सामाजिक संजालमा पोष्ट गरेका छन् । आखिर, उनीहरुले भन्न खोजेको एउटा अभिनेत्री को हुन् ? फिल्मकी निर्देशक दीपाश्री निरौला, कलाकार दीपकराज गिरी, अभिनेत्रीहरु प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का लगायतले लेखेको स्टाटस अभिनेत्री ऋचा शर्माका लागि हो ।
अभिनेत्री शर्माले एउटा कार्यक्रममा ‘छक्का पन्जा २’ हेर्ने दर्शक मुर्ख भनेपछि यस्तो हंगामा भएको हो । उनले, फिल्ममा महिला पात्रलाई हरेक दिन आफूले पिट्न पाउनुपर्छ भन्दै पुरुष पात्रले भन्दा दर्शकले ताली बजाएको देखेर आफूलाई रिस उठेको समेत बताएकी छिन् । एउटा गोष्ठीमा बोल्ने क्रममा ऋचाले दर्शकले यस्तो फिल्लाई सुपरहिट बनाउने गरेको भनेकी छिन् ।
तर, आफूले समाजका ५ वटा विषयलाई गम्भिर रुपले उठान गरेको फिल्म ‘आधा लभ’ भने एक साता पनि हलमा नटिकेको भन्दै उनले आक्रोश पनि पोखेकी छिन् । ऋचाको यो भनाइको भिडियो भाइरल भएपछि उनको चर्को आलोचना मात्र भएको छैन, यसैले ठूलै हंगामा मच्चाउने भएको छ ।