बलिउड अभिनेता सलमान खान फिल्म ‘रेश ३’को छायांकनमा जोडतोडका साथ लागिरहेका छन् । यो फिल्मलाई रेमो डिसुजाले निर्देशन गरिरहेका छन् । फिल्मका लागि सलमानले मिहिनेत पनि गरिरहेका छन् । यो फिल्ममा उनको द्धन्द्धात्मक दृश्य धेरै हुनेछ । यसैले, सलमानले आफ्नो तौल पनि घटाइरहेका छन् ।
यो फिल्मका लागि सलमानले ८ केजी तौल घटाउने केही अनलाइनमा उल्लेख छ । सलमानले यो फिल्ममा आफूलाई यूवा पनि देखाउनेछन् । जसका लागि, अहिले उनले विशेष डाइट पनि खाइरहेका छन् ।
ज्याकलिन फर्नान्डेज, डेजी शाह लगायतका कलाकारको साथमा सलमान यो फिल्ममा देखिनेछन् । आउँदो बर्षको इदमा यो फिल्म रिलिज हुनेछ ।