‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’ यूएइको अवुधाबीमा सम्पन्न भएको छ । भव्यताका रुपमा सम्पन्न भएको अवार्ड समारोहमा नेपाली म्यूजिक क्षेत्रका चर्चित कलाकार, पत्रकार सहभागी भएका थिए ।
नेपालबाट संगिक्षा फिल्मस् र दुबइमा रहेको नमस्ते ट्राभल्सको संयुक्त आयोजनामा भएको अवार्ड समारोहमा मोडल नम्रता सापकोटा उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भइन् ।
नम्रताको चर्चा अवार्ड पाएर मात्र होइन, पहिरनका कारणले पनि भयो । नम्रताले अवार्डको रेड कार्पेटमा लगाएको पहिरनले दुबइमा समेत चर्चा पायो । माथि आफ्नो गोप्य अंग देखिएको र पछाडिको ट्याटु समेत स्पष्ट देखिनेगरि नम्रताले पहिरन लगाएकी थिइन् । रेड हट नम्रताको यो पहिरनले चर्चा पाएपछि उनले रेड कार्पेट सधै नै रंगिन हुनुपर्ने बताएकी छिन् ।
तस्बिर सौजन्यः श्रीधर पौडेल