नेपाली फिल्मकी सफल अभिनेत्री केकी अधिकारीले दोश्रो चरण अन्र्तगतको प्रतिनिधी र प्रदेश सभाका लागि मतदान गरेकी छिन् । गोकणेश्वर नगरपालिका अन्र्तगत रहेको मतदान केन्द्रमा पुगेर उनले आमा, बुबासँगै मतदान गरिन् ।
केकीले आफूले जसलाई भोट हालेपनि उसले जित्ने बताइन् । भोट कसलाई त, केकीले मिडियासँग भनेकी छिन्–‘मैले यसपटक भोट व्यक्ति र पार्टी भन्दा माथि सोचेर गरेकी छु । जसले जित्नेछन्, उनले देशका लागि काम गर्नेछन् भन्ने विश्वास छ ।’
केकीले भोट हाल्दा धेरै पटक सोचेको समेत मिडिया कुराकानीमा भनेकी छिन् । साथै, उनले भोट हालेर पठाएका प्रतिनिधीले देश र जनताका लागि काम गर्ने विश्वास पनि व्यक्त गरेकी छिन् ।
आज, नेपाली फिल्म क्षेत्रका कलाकारले उत्साहजनक रुपमा मतदान गरेका छन् ।