बलिउडमा कलाकारहरुले आफ्नो भर्जिनिटीको बारेमा खुलेरै कुरा गर्छन् । नेपालमा भने यस्ता कुराहरु कमै मात्र हुन्छन् । तर, फिल्म ‘मिस्टर भर्जिन’को घोषणा कार्यक्रममा अभिनेता गौरव पहारिले भने आफ्नो भर्जिनिटीको बारेमा खुलेरै बोले । उनले भने–‘मलाई केहि साथीहरुले तिमी यो फिल्मका लागि उपयुक्त पात्र होइनौ भन्नुभयो । हो, म भर्जिन छैन । तर, यो फिल्मका लागि ४ महिनादेखि भर्जिन छु ।’
गौरवले पहिलो पटक यसरि आफ्नो सेक्स जीवनको बारेमा खुलेरै कुरा गरेका थिए । उनले यसरि कुरा गरिरहँदा छेउमै रहेकी अभिनेत्री मरिष्का पोख्रेल लजाइन् । गौरवका अनुसार उनी कथामा बग्नका लागि ४ महिनादेखि भर्जिन छन् । तर, अविवाहित गौरव भर्जिन भने होइनन् ।
केहि अभिनेत्रीहरुले इन्टरभ्यूका क्रममा आफू भर्जिन नरहेको बताएपनि अभिनेताले भने पहिलो पटक यसरि खुलेर बोलेका हुन् ।