अभिनेत्री बर्षा राउत आजबाट २४ बर्षमा प्रवेश गरिन् । उनको जन्मदिनको अवसरमा उनलाई वुधबारबाट नै शुभकामनाको ओइरो लाग्यो । तर, उनको जन्मदिन भने आज हो ।
काठमाण्डौमा नै २४ बर्ष अगाडि आजैको दिन जन्मिएकी बर्षा राउत करिअरमा सफलतापूर्वक अगाडि बढेकी छिन् ।
पहिलो फिल्म ‘नाई नभन्नु ल ४’बाट फिल्म लाइनमा डेब्यू गरेकी बर्षा यसपछि भने निरन्तर सफल छिन् । ‘छक्का पन्जा, जात्रा, छक्का पन्जा २’ जस्ता हिट फिल्मका कारण पनि बर्षाको माग बढेको हो ।
मोटी भएपनि सुन्दरी बर्षा नयाँ फिल्मका लागि तौल पनि घटाइरहेकी छिन् । बर्षाले आफूले जीवनमा दर्शकको माया धेरै पाएको भन्दै यहि नै आफ्नो ठूलो सफलता भएको बताइन् । बर्षालाई जन्मदिनको शुभकामना ।