अभिनेत्री रीमा विश्वकर्माले अर्की अभिनेत्री केकी अधिकारीले निर्माण गरिरहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’को एक गीतमा नृत्य गरेकी छिन् । फिल्ममा रीमा मुख्य कलाकार भने होइन् । केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा फिल्मका मुख्य कलाकार हुन् । विशाल भण्डारीले फिल्मको निर्देशन गरेका हुन् ।
डिभोर्सको खबर सार्वजनिक भएको केहि दिनमै रीमाले फिल्मको गीतमा नृत्य गरेकी हुन् । गीतको भिडियोमा रीमा र केकी दुबैलाई दर्शकले देख्न पाउनेछन् । रीमाले भिडियो छायांकनका क्रममा आफूले दुख लुकाएर भएपनि मुस्कुराएको बताइन् ।
सम्बन्ध टुटेपनि आफू नटुटेको रीमाको भनाई छ । रीमा गीतको भिडियो छायांकनको क्रममा मुस्कुराएपनि पछि केहि टोलाउथिन् । अभिनेत्री केकी अधिकारीले उनलाई साथ दिइन् ।
यो फिल्म वैशाख १४ गतेबाट रिलिज हुने केकीले बताएकी छिन् ।