केहि हप्ता अगाडि एक चर्चित भारतीय पत्रिकाले फिल्म ‘कृ’ की नव–अभिनेत्री अदिती वुढाथोकीलाई बलिउडकी अभिनेत्री सन्नी लियोनीसँग तुलना गर्यो । सन्नी भन्दा पनि हट नेपाली अभिनेत्री भनेर अनलाइनमा खबर आएपछि नेपाली मिडियामा पनि चर्चा भयो ।
यो खबर आएको लामो समयपछि अभिनेत्री वुढाथोकीले यसको जवाफ दिएकी छिन् । पत्रकारसँग कुरा गर्दै उनले भनिन्–‘मलाई दर्शकले यसरि मेरो तुलना कुनै अभिनेत्रीसँग गर्नु भएको छ जस्तो लाग्दैन । म अदिती नै हुँ र मेरो तुलना कोहिसँग हुँदैन ।’
अदितीले आफ्नो तुलना कोहिसँग पनि नगरिदिन आग्रह गरिन् । फिल्म ‘कृ’को ट्रेलरबाट राम्रो प्रतिक्रिया पाएकी अदिती उत्साहित छिन् ।