अभिनेत्री आँचल शर्माको कुरा अब दर्शकलाई पत्याउन पनि गाह्रो पर्नेछ । कारण, उनले आफू र अभिनेता पल शाहविच मित्रता मात्र रहेको बताउन छाडेकी छैनन् । तर, आँचलले पलसँगको बिषयमा जोडिएका कैयौ कुरालाई भने स्विकार गरेकी छिन् ।
बजारमा आँचल शर्मा दवाडी शाह भनेको कुराले आफूलाई खुशी लाग्ने पनि बताइन् । उनले यो नामलाई नराम्रो भन्न नमिल्ने पनि बताएकी छिन् । तर, पनि आँचल अझै पललाई आफ्नो साथी मात्र भनिरहेकी छिन् ।
आँचलका अनुसार पल र उनीविच सम्मान र प्रेम छ । पलसँग काम गर्दा उनी सहज महशुश गर्छिन् । फिल्म ‘सत्रु गते’को छायांकन सेटमा मिडियासँग कुराकानी गर्ने क्रममा आँचलले पलले आफूलाई धेरै ठाउँमा जानका लागि लिन आउने र पुर्याउने पनि गरेको स्विकार गरेकी छिन् । आफूले कफि नै नपिएको, पलको गाडी नै नचढेको भन्ने कुरालाई अस्विकार नगर्ने आँचलको भनाई छ ।