हाँस्य सिरियल ‘तितो सत्य’ बनाइरहँदा कलाकार दीपकराज गिरीको जोडीको रुपमा कलाकार दीपाश्री निरौला मात्र देखिइन् । धेरैले त दीपक र दीपाको जोडी रियल लाइफमा पनि श्रीमान् श्रीमति नै रहेको वुझे । तर, पर्दामा दीपक र दीपाको जोडी हिट भयो ।
फिल्म निर्माणमा लागेपछि भने दीपक र दीपा एकसाथ जोडी भएका छैनन् । दीपा फिल्म निर्देशनतिर लाग्दै गर्दा दीपकले भने जोडी परिवर्तन गरेका छन् । अहिले, फिल्मको पर्दामा दीपकले अभिनेत्री प्रियंका कार्कीलाई आफ्नो जोडी बनाएका छन् । फिल्म ‘छक्का पन्जा र छक्का पन्जा २’मा दीपकको जोडी भएर प्रियंका नै देखिइन् ।
आफ्नो ब्यानरमा बनेको फिल्ममा त प्रियंका दीपकको जोडी भइन् नै । दीपकले बाहिरी ब्यानरमा बनेको फिल्म ‘सत्रु गते’मा पनि प्रियंकालाई नै जोडी बनाएका छन् । यो फिल्ममा दीपालाई अभिनेता हरिवंश आचार्यले जोडी बनाएका छन् भने दीपकको जोडी प्रियंका नै बनेकी छिन् । के दीपक प्रियंकालाई जोडी नपाई फिल्म नै नगर्ने हुन् ? अब, त यस्तो प्रश्न पो सोझिन थालेको छ ।