फिल्म ‘लम्फू’ वैशाख २८ गतेबाट रिलिज हुने भएको छ । यो फिल्मको छायांकन भएको लामो समय भैसकेपनि प्रदर्शन मिति तोक्न ढिलाई भयो । छायांकनमा लामो समय लागेकाले प्रदर्शन मिति तोक्न समय लागेको निर्माता शक्ति बल्दभ घोरासैनीले बताए ।
फिल्ममा कविर खड्का मुख्य भूमिकामा छन् । फिल्म अभिनयमा स्नातक गरेका कविर यो फिल्मबाट करिअर चम्काउने दाउमा छन् । फिल्ममा सलोन बस्नेत, मरिष्मा पोख्रेल, चाँदनी शर्मा, तरकारीवालीको नामबाट परिचित कुसुम श्रेष्ठ, कुशाग्र भट्टराइको मुख्य भूमिका छ ।
फिल्मको निर्देशन गोपालचन्द्र लामिछानेले गरेका हुन् । समय र परिस्थितीले मानिसलाई नायक र खलनायक दुबै बनाउने भन्दै एक यूवाको जीवनमा आइपर्ने अकल्पनिय घटनामा फिल्म बनेको निर्देशकले बताए । भूपतिको लेखन रहेको फिल्ममा दीपक बज्रचार्यको छायांकन, हरि सिलवालको सम्पादन, अर्जुन पोखरेलको संगीत छ ।