७ बर्षमै फिल्म निर्देशन गरेर गिनिज बुकमा नाम लेखाएका सौगात बिष्टको निर्देशनमा बनेको दोश्रो फिल्म ‘हैरान’को डबिङ सकिएको छ । कलाकार सत्यराज चौलागाइले डबिङ सकेपछि यसको निर्माण टिमले अन्य काम थालेको हो ।
यो फिल्ममा सामाजिक कथावस्तुलाई कमेडी शैलीमा देखाइएको छ । फिल्ममा गजित बिष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, वुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतले काम गरेका छन् । फिल्ममा मुक्ति घले, श्रृष्टी घिमिरे, डाक्टर वाइ एल लामको लगानी छ भने संझना पोखरेल यसको कार्यकारी निर्माता हुन् ।
फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट , द्वन्द चन्द्र पन्त , संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कँडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । फिल्ममा नवराज उप्रेती र निरज कडेलको छायाँकन , अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।
यो फिल्मका लागि आफूले २५ हजारको पान नै खाएको कलाकार सत्यराजले बताए । उनले डबिङमा पनि यसलाई विशेष ध्यान दिएको बताए । फिल्म राम्रो बनाउन कुनै कसर नछाडिएको सत्यको भनाई छ ।