अभिनेता सुनिल थापाको शिर्ष भूमिका रहेको फिल्म ‘शेरबहादुर’को टिजर सार्वजनिक भएको छ । यो फिल्म माघ १९ गतेबाट रिलिज हुँदैछ । फिल्मको टिजरमा मुख्य कलाकारहरु सुनिल थापा, कर्मा, कामेश्वर चौरासिया, मेनुका प्रधानलाई देखाइएको छ ।
यो फिल्म समाजमा मर्यादा बोकेको पात्रको भूमिकामा केन्द्रित रहेको निर्माण टोलीले बताएको छ । फिल्ममा द्धन्द्ध, रोमान्स, नाटक समावेश छ । एक अवकास प्राप्त गरिसकेको आर्मीको कथामा बनाइएको फिल्मलाई थ्रिलर जनरामा तयार पारिएको छ ।
८० प्रतिशत सेट लगाएर फिल्म खिचिएको छ । फिल्मका निर्देशक आर राजवंशी हुन् । गौरीशंकर धुजु र धिरज राजवंशीले यो फिल्मलाई निर्माण गरेका हुन् ।