बलिउड हिरो सलमान खान नेपाल आउने पक्का भएको छ । सलमान खान मार्च १० तारिखमा नेपाल आउनेछन् । उनलाई ओडीसी इन्टरटेन्मेन्टले नेपाल ल्याउन लागेको हो । ‘दबंग द टूर’ नामक कार्यक्रम लिएर विश्वका विभिन्न देश घुमिरहेका सलमान अब नेपाल आउनेछन् । फागूण २६ गते काठमाण्डौको टूँडिखेलमा आयोजना हुन लागेको कन्सर्टमा सलमानले नेपाली फ्यानलाई झुमाउनेछन् ।
सलमानसँगै अभिनेत्री सोनाक्षी सिन्हा, कृति सेनन, निर्देशक प्रभु देवा, कार्यक्रम संचालक मनिष पलको टोली नेपाल आउनेछ । सलमान एक रात नेपालमा बस्नेछन् । उनी, फागूण २७ गते पशुपतिनाथ, सगरमाथाको भ्रमणमा समेत जानेछन् । सलमान र उनको टिमले यो बिषयमा रुचि देखाएको छ ।
सलमान दोश्रो पटक नेपाल आउन लागेका हुन् । २४ बर्षपछि सलमान दोश्रो पटक नेपाल आउन लागेका हुन् । सलमानको कन्सर्टका लागि सुरक्षा व्यवस्था कडा पारिनेछ । दर्शकले यो कन्सर्ट हेर्नका लागि ३ हजारदेखि १० हजारसम्मको टिकट काट्नुपर्नेछ ।