माघ ४ गतेबाट फिल्म ‘लालपूर्जा’ रिलिज हुने भएको छ । फिल्मको ट्रेलर राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको छ । यो फिल्ममा मुख्य भूमिकामा सौगात मल्ल, हरिहर शर्मा, विपिन कार्की, कामेश्वर चौरासिया, मेनुका प्रधान, मिरुना मगर लगायतका कलाकार छन् ।
फिल्मलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । विक्रम सिंह थारु र उमेश श्रेष्ठले फिल्ममा लगानी गरेका छन् । फिल्मको ट्रेलरमा सौगात मल्ल र विपिन कार्कीको फरक गेटअप देख्न सकिन्छ । ट्रेलरमा २ कलाकारको कमेडी शैलीलाई बढी स्थान दिइएको छ ।