अभिनेता सलमान खानको महत्वकांक्षी फिल्म ‘टाइगर जिन्दा हे’ शुक्रबारदेखि विश्वभरका करिब ५७ सय हलमा रिलिज भएको छ । भारतमा मात्र यो फिल्मले ४६ सय हल पाएको छ । साथमा, मल्टिप्लेक्समा सोमबारसम्म टिकटको दर बढाइएको छ । यसैले यो फिल्मले शुक्रबार धमकेदार व्यापार गर्ने धेरेको अपेक्षा थियो ।
के सो अपेक्षा अनुसार सलमानको टाइगर उत्रियो त ? फिल्मले शुक्रबार ३३.७५ करोडको ओपनिङ गरेको छ । यो बर्षको सबैभन्दा धेरै ओपनिङ कलेक्शन गर्ने फिल्ममा ‘टाइगर जिन्दा हे’ पहिलो नम्बरमा आएको छ । तर, फिल्मले कुनै रेकर्ड भने बनाउन सकेन ।
सलमान खान र कट्रिना कैफको स्टारडम, गीत र ट्रेलरको हाइप, उच्च टिकट दर आदिका कारण पनि ‘टाइगर जिन्दा हे’ बक्स अफिसमा खरो रुपमा उत्रिएको छ । यसको लाइफ टाइम कलेक्शन मंगलबारको ब्यापारमा भर पर्नेछ ।