अभिनेत्री दिया पुनलाई कमै मात्र दर्शकले चिन्छन् । दिया अहिले लण्डनमा छिन् । उनको तुलनामा अभिनेत्री बर्षा राउतको क्रेज राम्रो छ । तर, पौष २८ मा रिलिज हुन लागेको फिल्म ‘मिस्टर झोले’को मुख्य अभिनेत्री दिया हुन् ।
अभिनेत्री राउत अभिनेता वुद्धि तामाङकी जोडी बनेकी छिन् । यो फिल्मको प्रचारमा बर्षा छैनन् । राजधानीमा आयोजना गरिएका पत्रकार सम्मेलनमा बर्षा देखिएकी छैनन् । किन त ?
बर्षा अष्ट्रेलिया पुगेकी छिन् । दोश्रो पटक अष्ट्रेलिया पुगेकी बर्षा फिल्म रिलिज अगाडि नआउने भएकी छिन् । यसैले, ‘मिस्टर झोले’को प्रचारमा दर्शकले बर्षालाई देख्ने छैनन् ।
फिल्म प्रचारमा अभिनेता दयाहाङ राई एक्ला भएका छन् । बर्षा केहि समयदेखि सोलो फिल्मको खोजीमा छिन् ।
सोलो फिल्ममा काम नगरेका कारण अन्य केहि अभिनेत्रीले बर्षालाई उछिनेको चर्चा हुन थालेको छ । यसैले पनि बर्षा सोलो फिल्ममा काम गर्ने मुडमा छिन् । तर, फिल्म रिलिजको समयमा बर्षा अष्ट्रेलिया पुग्दा ‘मिस्टर झोले’लाई घाटा त लाग्ने नै भयो ।