फिल्म हिट हुँदा धेरै कलाकारलाई फाइदा हुन्छ । कुनै पनि कलाकारले फिल्म हिट भएपछि त्यसको फाइदा मज्जैले उठाउँछन् । तर, कतिपय कलाकारलाई फिल्म चलेर पनि कुनै अर्थ नै रहँदैन ।
अभिनेता स्वरुपपुरुष ढकाललाई नै यो उदाहरणको रुपमा हेर्न सकिन्छ । फिल्म ‘छक्का पन्जा २’मा स्वरुप नै मुख्य भूमिकामा छन् । यो फिल्म अभिनेता स्वरुप र अभिनेत्री स्वस्तिमा खड्काको वरिपरी नै घुमेको छ ।
तर, फिल्म चलेपछि यसका अन्य कलाकार व्यस्त हुँदा स्वरुप भने हराएका छन् । स्वरुपले अभिनय गरेको पहिलो फिल्म ‘सुस्केरा’ हो । तर, रिलिज भयो ‘छक्का पन्जा २’ । उनले फिल्ममा अभिनय पनि राम्रो गरेका हुन् ।
तर, स्वरुपलाई खै त्यस्तो कुन शैलीले छोयो जसकाकारण उनको भागमा एक प्रतिशत पनि क्रेडिट परेन । यसैले, उनी अहिले चर्चाबिहिन छन् भन्दा हुन्छ । फिल्म क्षेत्रमा काम मात्र गरेर होइन, बोल्न पनि जान्नुपर्दछ भन्ने स्वरुपले सिक्नै बाँकी छ जस्तो छ ।