शुक्रबारदेखि रिलिज हुने फिल्म ‘फिक्रे’का मुख्य कलाकार सुलेमान शंकर इकुले आफूसँग काम गर्न हिरोइनले नै नमानेको गुनासो गरेका छन् । पत्रकारसँग कुराकानी गर्दै इकुले आफूले फिल्म ‘फिक्रे’का लागि धेरै हिरोइनसँग कुरा गरेको बताए ।
अधिकांश हिरोइनसँग कुरा गर्दा आफूसँग काम गर्न नमानेको उनको गुनासो थियो । फिल्ममा उनले क्रिस्टिना पौडेलसँग काम गरेकी छिन् । क्रिस्टिना फिल्मको प्रमोशनमा नहिडेर विदेश हिडेको भन्दै गुनासो गरे ।
उनले, अधिकांश हिरोइनले व्यस्त छु भनेको भन्दै यसमा आफूलाई दुख लागेको गुनासो गरे । रवि डंगोलको निर्देशनमा तयार भएको फिल्म पौष २१ गतेबाट रिलिज हुँदैछ ।
फिल्मलाई अभिनेत्री ऋचा शर्माले पहिलो पटक पनि साथ दिइन् । उनी, फिल्मको पत्रकार सम्मेलनमा उपस्थित भएकी थिइन् ।
पहिलो र दोश्रो फिल्म बनाएर आफू डुबेको भन्दै यसपटक राम्रो फिल्म बनाएको उनको भनाई थियो ।