यूएइको अवुधाबीमा २ पटक ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ आयोजना गरेको संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा कतारमा भव्य सांकृतिक कार्यक्रम हुने पक्का भएको छ । मार्चको ८ र ९ तारिखमा यो कार्यक्रम आयोजना हुन लागेको हो । राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यक्रमको बारेमा जानकारी दिइयो ।
‘कुमारी बुम सुपर स्टार नाइट्स’ नाम राखेर कार्यक्रम आयोजना गर्न लागिएको छ । कुमारी बैंक र बुम रेमिटको प्रस्तुतीमा यो कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रममा हाँस्य क्षेत्रका चर्चित कलाकार जितु नेपाल, अभिनेत्रीहरु निरुता सिंह, अनु शाह, गायकहरु आनन्द कार्की, अनिल सिंह, हेमन्त शर्मा, यूवराज चौलागाई, सन्तोष राज, रित कुमार श्रेष्ठ, संगीतकार तथा गायक राजनराज सिवाकोटी, गायिकाहरु राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कुँवर, नृत्य निर्देशक तथा मोडल शंकर बीसीको धमकेदार प्रस्तुती रहनेछ ।
राजधानीमा आयोजना भएको पत्रकार सम्मेलनमा बुम रेमिटका प्रमुख तथा कार्यक्रमका संयोजक धिरेन्द्र पन्तले नेपाली कला संकृतिलाई अन्तरराष्ट्रिय बजारमा पु¥याउनका लागि दर्जन बढी कलाकारको साथमा कतारका २ स्थानमा कार्यक्रम आयोजना गर्न लागिएको बताए । मार्च ८ मा कतारको अल्खोर स्टेडियममा करिब ७ हजार दर्शकको उपस्थितीमा कार्यक्रम हुने दाबी आयोजकको छ । मार्च ९ मा कतारको ग्रान्ड मलमा करिब १० हजार दर्शकको उपस्थितीमा कार्यक्रम हुनेछ ।