अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको क्रेज दार्जिलिङ्गमा देखिएको छ । दार्जिलिङ्ग पुलिसले आयोजना गरेको म्याराथनमा नेपालबाट अतिथी बनेर पुगेको यो जोडीलाई फ्यानबाट जोगाउन पुलिसलाई नै हम्मे हम्मे परेको थियो ।
एक बिहानैबाट म्याराथनको स्टेजमा पुगेदेखि नै पल र आँचलको नाम लिदै फ्यानहरु कराएका थिए । कार्यक्रम सकिएपछि त फ्यानहरु स्टेजमै चढेपछि प्रहरीलाई सुरक्षा दिन गाह्रो परेको थियो । भिडलाई हटाउन नसकेपछि दार्जिलिङ्ग पुलिसका डीएसपी र ट्राफिक सहितको ५० जनाको टोलीले पललाई निकै गाह्रोसँग होटलमा पुर्याएका थिए ।
होटलमा पनि यूवतीहरुले दिनभर धर्ना नै दिएका थिए । होटलमा पुगेका फ्यानले पनि पल र आँचलको नाममा हुटिङ गरेपछि पलकै आग्रहमा प्रहरीले उनीहरुलाई फ्यानसँग भेटाएको थियो । २ दिनसम्म दार्जिलिङ्गमा बसेका पललाई प्रहरीले पूर्ण सुरक्षा दिएको थियो ।