फिल्म ‘साली कस्को भेनाको’को छायांकन चितवनमा शुभसाइत गर्दै सुरु गरिएको छ । मुभिङ पिक्चर्स प्रालिले निर्माण गर्न लागेको फिल्मलाई भद्र भुजेलले निर्देशन गर्दैछन् । यो फिल्मको मंगलबारबाट नै छायांकन सुरु भएको छ । प्रसाद श्रेष्ठले यो फिल्मको निर्माण गर्दैछन् ।
फिल्ममा विल्सन विक्रम राई, सुष्मा कार्की, मरिष्का पोख्रेल, रजनी गुरुङ, वुद्दि तामाङ लगायतले काम गर्दैछन् । मानविय संवेदनामाथि निर्माण हुन लागेको फिल्म हाँस्यरसमा निर्माण हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
मगर जातिको संकृतिमा साली र भेनाको सम्बन्ध कस्तो हुन्छ भनेर फिल्ममा प्रस्तुत गरिनेछ । दिर्घ गुरुङले फिल्म खिच्नेछन् भने बसन्त श्रेष्ठ, गम्भिर विष्ट र सुमित लामाले फिल्ममा कोरियोग्राफी गर्नेछन् । विशाल श्रेष्ठ, उमेश अधिकारी र मुक्ति अधिकारी फिल्मका निर्माता हुन् । फिल्मको शुभसाइत समारोहमा कलाकारहरुको उपस्थिती थियो ।