कतै चैत्र २३ त कतै वैशाख १४ । आखिर, अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ रिलिज कहिले हुन्छ । अभिनेत्री केकी अधिकारी त यो फिल्मको प्रदर्शन मिति कसरि चैत्र २३ भयो भन्ने अन्यौलमा छिन् । उनले, रजनीकान्तको फिल्म ‘रोबर्ट’ रिलिज भएन भने आफ्नो फिल्म वैशाख १४ गते नै आउने बताइन् ।
निर्देशक विशाल भण्डारीको जन्मदिनमा ‘कोहलपुर एक्सप्रेस २’ बनाउने घोषणा समेत गरिसकिएको छ । तर, यो त निर्माताले निर्देशकलाई जन्मदिनमा दिएको उपहार मात्र हो । केकी अधिकारी, प्रियंका कार्की र ऋचा शर्मा फिल्मको मुख्य भूमिकामा छन् । कमेडी जनरामा यो फिल्म निर्माण भएको हो ।