अभिनेत्री अदिती वुढाथोकी फिल्म ‘कृ’ मार्फत दर्शकमाझ आउँदैछिन् । यो फिल्मको रिलिज मिति माघ २६ गतेलाई तोकिएको छ । फिल्मका लागि अभिनेता अनमोल केसीले कडा मिहिनेत गरेका छन् । उनको मिहिनेतको अहिले दर्शकले समेत प्रशंसा गर्न थालेका छन् ।
यो फिल्माम अभिनेत्री अदिती वुढाथोकी र अभिनेता अनमोल केसीको जोडीलाई देखाइएको छ । अभिनेत्री अदिती वुढाथोकीका अनुसार फिल्मको छायांकनको समयमा अभिनेता केसीले चकलेट धेरै खान्थे । अदितीले अनमोलले आफ्नो चकलेट समेत चोरेर खाइदिएको बताएकी छिन् ।
अनमोललाई चकलेट कम खान सुझाव समेत अदितीले दिएकी छिन् ।