अभिनेत्री केकी अधिकारीको प्रस्तुतीमा तयार भएको फिल्म ‘कोहलपुर एक्सप्रेस’मा समावेश ‘सी ओ डब्लू काउ’ बोलको गीत रिलिज भएको छ । केहि दिनदेखि काउनडाउन नै बनाएर प्रचार गरिएकाले पनि गीत प्रतिक्षित थियो ।
राजनराज सिवाकोटी र मेलिना राइको आवाज रहेको यो गीतमा राजनले नै शब्द तथा संगीत भरेका छन् । फिल्मको यो गीतमा अभिनेत्रीहरु रीमा विश्वकर्मा र केकी अधिकारीको साथमा विनोद न्यौपाने र गम्भिर बिष्टलाई फिचरिङ गरिएको छ ।
विशाल भण्डारीले फिल्मको निर्देशन गरेका हुन् । फिल्म कमेडी जनरामा तयार भएको छ । फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, विनोद न्यौपाने, वुद्दि तामाङको मुख्य भूमिका छ । लोक भावको यो गीत दर्शकको मुखमा तत्काल झुण्डिने खालको भने छैन । कोरियोग्राफी पनि औषत छ ।