निर्देशक सुवास कोइरालाले सधै नै आफ्नो फिल्ममा अभिनेत्री प्रियंका कार्कीलाई लिदै आएका थिए । तर, यसपटक उनले आफ्नो फिल्ममा प्रियंका कार्कीलाई नभई प्रियंका सिंह ठकुरी नामक नयाँ अभिनेत्री भित्राएका छन् । उनी र सुशन प्रजापति मिलेर निर्देशन गर्न लागेको नयाँ फिल्मको नाम ‘गरुड पुराण’ राखिएको छ ।
यो फिल्मको आजैबाट छायांकन पनि सुरु भएको छ । कमेडी जनराको कथामा बन्न लागेको यो फिल्ममा कर्मा , कामेश्वर चौरसिया , प्रविन खतिवडा , नाजिर हुसेन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
फिल्ममा लुनिभा तुलाधर , प्रकाश घिमिरे , बसन्त भट्ट , नरेश पौडेल लगायतका कलाकारको पनि अभिनय रहनेछ । फिल्मलाई प्रस्तुतकर्ता सुशन प्रजापतिले नै खिच्नेछन् । अजित फिल्म्स्को ब्यानरमा निर्माण हुने फिल्मको छायांकन काठमाण्डौ वरपर नै गरिनेछ । काठमाण्डौमा विभिन्न उद्देश्य बोकेर आएका विभिन्न पात्रहरुको लक्ष्य र दौडधुपको कथामा यो फिल्म बन्नेछ ।