प्रेमकथामा आधारित रहेर फिल्म ‘रानीमहल’ निर्माण हुने भएको छ । रानीमहललाई प्रेमको प्रतिकको रुपमा पनि मानिन्छ । यहि प्रेमको प्रतिकलाई मुख्य कथा बनाएर फिल्म निर्माण हुन लागेको हो । विशुद्ध त्रिकोणात्मक प्रेमकथामा यो फिल्म बन्ने काठमाण्डौको अन्नपूर्ण होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
फिल्ममा प्रेमसँगै अतिरिक्त मित्रता, पुत्र मोह आदि विषयलाई रोचक शैलीमा प्रस्तुत गरिनेछ । डेढ करोड लगानीमा बन्न लागेको यो फिल्मको छायांकन माघको तेस्रो हप्तादेखि सुरु गरिनेछ । ४५ दिन सुटिङ सेड्युल रहेको फिल्मको बुटबल, भैरहवा, चितवन, स्याङग्जा,पोखरा, पाल्पा र काठमाडौंमा सुटिङ गरिनेछ ।
स्वस्तिक फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्माता विमल भुषाल हुन् । फिल्मलाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् । फिल्ममा दीपक पौडेलको पटकथा, निरज कँडेलको छायांकन, अर्जुन पोखरेल र हुर्कलश बस्नेतको संगीत, हिमाल केसीको द्धन्द्ध छ ।
यो फिल्म भित्र नीर शाह, बिएस राना, केशव भट्टराई, सुष्मिता बमजन, रश्मी भट्ट, उमा बेबी, विष्णु सापकोटा,नगेन्द्र रिजाल, वर्षा सिवाकोटी, आशिष अधिकारी, साहिल श्रेष्ठ, मानस्वी खरेल, युनिता खत्री, बासु खनाल, शिलु पोखरेल, अनामिका लामिछाने, भिस्म राज जोशी, सौगात धिताल, बिनोद कुमार सापकोटा, सुरज चौलागाईं, पुष्पा निरौला, भोला शाह,गणेश पौडेल लगायतका कलाकारको अभिनय रहनेछ ।