कहिलेकाही ठूला बलिउड फिल्मले नेपाली फिल्मका निर्मातालाई ठूलै समस्यामा पारिदिन्छन् । अभिनेत्री केकी अधिकारीलाई पनि साउथको ठूलो लगानीमा बनेको प्रतिक्षित फिल्म ‘२.०’ले यस्तै समस्यामा पारिदिएको थियो । अब भने केकीलाई राहत मिलेको छ ।
रजनीकान्त, अक्षय कुमार र एमी गौतम अभिनित यो फिल्मको रिलिज डेट २ महिना पछाडि धकेलिएपछि केकी लामो श्वास फेरिरहेकी छिन् । केकीले अब आफूले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’लाई वैशाख १४ गते नै रिलिज गर्ने भएकी छिन् ।
अहिलेसम्म यो फिल्मले सोलो रिलिज डेट पाउने पक्कापक्की छ । विशाल भण्डारीले निर्देशन गरेको यो फिल्ममा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपानेले मुख्य भूमिकामा काम गरेका छन् ।
कमेडी कथालाई फिल्मको पर्दामा उतारिएको छ ।