अभिषेक चौवेले नयाँ फिल्मको निर्देशन गरिरहेका छन् । उनले यस भन्दा अगाडि फिल्म ‘इश्किया, डेढ इश्किया, उड्ता पंजाब’ जस्ता फिल्मको निर्देशन गरेका थिए । अहिले उनी अभिनेता सुशान्त सिंह राजपुतलाई लिएर नयाँ फिल्म बनाइरहेका छन् । फिल्मको नाम ‘सन चिरिया’ राखिएको छ ।
यो फिल्ममा सुशान्तको लुक्स सार्वजनिक भएको छ । यो फिल्ममा सुशान्तको जोडीको रुपमा भूमी पेडेकर देखिएकी छिन् । पहिलो पटक सुशान्त र भूमीले एकसाथ काम गरेका हुन् । सुशान्तले यो तस्बिर आफ्नो सामाजिक संजालमा पोष्ट गरेका हुन् ।