अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मालाई फिचरिङ गरिएको फिल्म ‘सत्रु गते’को ‘पिरतीको बर्को’ बोलको गीत सार्वजनिक भएको छ । राजधानीमा आयोजना गरिएको कार्यक्रममा फिल्मका कलाकार, प्राविधिकहरुको उपस्थितीमा गीत सार्वजनिक गरिएको हो । यो फिल्म चैत्र ९ गतेबाट रिलिज हुँदैछ ।
सार्वजनिक भएको गीतमा कालिप्रसाद बाँस्कोटाको संगीत तथा स्वर, अर्जुन भट्टराइको शब्द समावेश छ । प्रविण सिंहले यो भिडियोको कोरियोग्राफी गरेका हुन् । प्रदिप भट्टराइले फिल्मको निर्देशन गरेका हुन् ।
यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल, राजाराम पौडेल, शिवहरि पौडेले, किरण केसी, सुष्मा कार्की, मोहित बंश आचार्य, राजु भुजुको मुख्य भूमिका छ ।
फिल्मको पहिलो सार्वजनिक गीत ‘रुपै मोहनी’ चर्चामा छ ।