फिल्म ‘कृ’को करिब एक दर्जनको टिम अहिले स्कटल्याण्डमा छ । उनीहरु, आज बेलुकी नेपाल फर्कदैछन् । फिल्ममा समावेश ‘मैले जानी नजानी’ बोलको गीतको छायांकन गर्न टिम बेलायत पुगेको हो । निर्देशक सुरेन्द्र पौडेल, निर्माताद्धय सुवास गिरी र भूवन केसीको साथमा फिल्मका मुख्य कलाकार अनमोल केसी र अदिती वुढाथोकी स्कटल्याण्ड पुगेका थिए ।
साथमा, कोरियोग्राफर विक्रम लामा, छायांकार पुरुषोत्तम प्रधान, प्रोडक्शन डिजाइनर शंकर पाण्डे, कार्यकारी निर्माता कमल गिरी पनि स्कटल्याण्ड पुगेका थिए । फिल्मको गीतको भिडियो उत्कृष्ट लोकेशनमा उत्कृष्ट तरिकाले खिचिएको निर्माता गिरीले बताएका छन् ।
यो फिल्म माघको २६ गतेबाट रिलिज हुँदैछ । फिल्म यो बर्षकै सवैभन्दा बढी प्रतिक्षामा छ ।