केहि दिनयता सामाजिक संजालमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको बक्षस्थलको तल खोपिएको ट्याटुले हंगामा मच्चाइरहेको छ । साम्राज्ञीले फिल्म ‘कायरा’का लागि बक्षस्थलको तल खोपेको ट्याटु ट्याटु खोप्ने आर्टिस्टले सार्वजनिक गरेका थिए । फोटो सार्वजनिक भएपछि यसलाई लिएर थुप्रै ट्रोल पनि बने ।
साम्राज्ञीलाई ट्याटुको तस्बिरले खुबै तनाव पनि दियो । तर, अब ट्याटु खोप्ने आर्टिस्टले माफी मागेका छन् । आफ्नो इन्स्ट्राग्रामको माध्यमबाट उक्त आर्टिस्टले मैले साम्राज्ञीको अनुमती विना नै ट्याटुको तस्बिर सार्वजनिक गरे भन्दै माफी मागेका छन् ।
उनले साम्राज्ञीलाई साथ दिन उनका फ्यानलाई आग्रह पनि गरेकी छिन् । अभिनेता आर्यन सिग्देलको निर्माण तथा अभिनयमा फिलिपिन्समा छायांकन भैरहेको फिल्म ‘कायरा’का लागि साम्राज्ञीले ट्याटु खोपेकी थिइन् ।