फिल्म ‘डमरुको डण्डीबियो’को फस्टलुक सार्वजनिक गर्दै यसको प्रचार सुरुवात गरिएको छ । तर, फिल्म कहिले रिलिज हुन्छ भन्ने खुलाइएको छैन । फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछानेका २ फरक रुप सार्वजनिक गर्दै यसको फस्टलुक रिलिज गरिएको हो ।
फिल्ममा मेनुका प्रधान, अनुप बराल, वुद्दि तामाङ, अंकित खड्का लगायतका कलाकारलाई पनि हेर्न सकिन्छ । छेतन गुरुङले यो फिल्मको निर्देशन गरेका हुन् । फिल्ममा खगेन्द्रको कथा, प्रितम पाण्डेको सम्पादन, कालिप्रसाद बाँस्कोटाको संगीत, हरि हुमागाइको छायांकन रहेको छ ।
समृद्धि इन्टरटेन्मेन्टले यो फिल्मको निर्माण गरेको हो । विनोद गुरुङ र सुमी श्रेष्ठ फिल्मका लगानीकर्ता हुन् । फिल्मको अधिकांश दृश्य लमजुङको घले गाउँमा छायांकन गरिएको छ ।