अभिनेत्री करिश्मा मानन्धर राजधानीको अन्नपूर्ण होटलमा आयोजना भएको ‘कान्छी म्यूजिकल नाइट २०१८’को विशेष आकर्षणमा रहन पुगिन् । अन्य अभिनेत्री भन्दा करिश्माको पहिरन विशेष र हट भएपछि उनलाई क्यामेरामा क्लिक गर्न पत्रकारहरुविच पनि तछाडमछाड भयो ।
फिल्म ‘कान्छी’को टिमले आयोजना गरेको यो कार्यक्रममा करिश्मा वन पिस पहिरनमा पुगेकी थिइन् । बाहिर ज्याकेट लगाएपनि उनको ट्याटु भने स्पष्ट देखिएको थियो । जसले गर्दा पनि उनी हट देखिएकी थिइन् ।
अभिनेत्री स्वेता खड्काले करिश्माको स्वागत गरिन् । करिश्माले पनि मन्ध मुस्कानका साथ हट पोजमा तस्बिर खिचाइन् ।