निर्माता छविराज ओझाको लगानीमा तयार भएको फिल्म ‘मंगलम’को ट्रेलर युटुबबाट रिलिज भएको छ । बारम्बार प्रदर्शन मिति सारिएको यो फिल्म अब भने फागूण २५ गतेबाट रिलिज हुँदैछ । फिल्मको ट्रेलरमा अभिनेत्री शिल्पा पोखरेलको दोहोरो प्रेम देखाइएको छ । फिल्मका मुख्य २ अभिनेता पुष्पल खड्का र पृथ्वीराज प्रसाइको प्रेममा शिल्पा देखिएकी छिन् ।
फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह विशेष भूमिकामा देखिएकी छिन् । साम्राज्ञीको भूमिकाले फिल्मप्रति अझ उत्साह बढाएको छ । नवल नेपालले यो फिल्मको निर्देशन गरेका हुन् ।