अभिनेता अनमोल केसी अभिनित फिल्म ‘कृ’ले शनिबार देशरभका हलमा बम्पर कमाई गरेको छ । शुक्रबार पनि राम्रो सुरुवात गरेको फिल्मले शनिबार देशभरका ११५ पर्दामा बम्पर कमाई गरेको हो । शनिबार राजधानीको गोपिकृष्ण, अष्टनारायण, गंगा, गुण, कलंकी लगायतका हलमा फिल्मले बम्पर कमाई गर्यो । गोपिकृष्णका ४ देखि ६ पर्दा, अष्टका ४ वटै पर्दा दिनभर हाउसफूल भएका थिए ।
फिल्मले मल्टिप्लेक्समा पनि उच्च व्यापार गरेको छ । देशभर नै अनमोल केसीको स्टारडम देखियो । यूवा स्टार अभिनेता केसी २ बर्षपछि हलमा देखिएकाले पनि दर्शक उनलाई हेर्न नै हलमा पुगे । अभिनेता केसी शनिबार राजधानीको गोपिकृष्ण र अष्टनारायण हल पुगेका थिए ।
दुबै हलमा दर्शकको बाक्लो भीडले उनको नाम लिइरहेको थियो । यूवतीहरु ‘अनमोल अनमोल’ भनेर कराइरहँदा अनमोलले भने ‘आई लभ यू अल’ भन्दै जवाफ दिएका थिए । अनमोलले गोपिकृष्ण हलमा दर्शकसँग ‘राष्ट्रिय गान’ समेत गाएका थिए ।
अष्टनारायण हलमा पुगेर उनले दर्शकलाई अभिवादन गरेका थिए । उनको साथमा अभिनेत्री अदिती वुढाथोकी पनि हलमा पुगेकी थिइन् । नयाँ अभिनेत्री अदितीको कामको पनि दर्शकले प्रशंसा गरेका छन् । फिल्मले २ दिनमा राम्रो कमाई गरेको छ । निर्माता सुवास गिरीले फिल्मको कमाइले आफू सुरक्षित हुने बाटो खुलेको बताउँछन् । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्ममा अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, सरोज खनाल, रुपा राना, कामेश्वर चौरासिया, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय छ ।