शुक्रबारदेखि रिलिज भएको फिल्म ‘ब्लाइन्ड रक्स’ले व्यापारिक रुपमा त त्यस्तो कमालको सुरुवात गरेन । तर, यो फिल्मकी मुख्य अभिनेत्री बेनिशा हमालको भने राम्रै तारिफ भैरहेको छ । फिल्मको प्रिमियरदेखि हलमा फिल्म हेर्ने दर्शकले समेत अभिनेत्री हमालको कामको प्रशंसा गरिरहेका छन् ।
यो फिल्ममा अभिनेत्रीले दृष्टिबिहिन श्रृष्टी केसीको भूमिका निर्वाहा गरेकी छिन् । बायोपिक फिल्मले अभिनेत्री हमाललाई नयाँ परिचय दिने देखिएको छ । मिलन चाम्सको निर्देशनमा निकेश लिम्बुको निर्माण रहेको यो फिल्मले बेनिशाको अबको करिअर कता लैजाला भन्ने चर्चा पनि सुरु भएको छ ।
बेनिशा हमाल जो नेपाली फिल्ममा सफलता खोजिरहेकी छिन् । के उनलाई यो फिल्मपछि फिल्मका अफर राम्रै आउलान् त, प्रतिक्षा गरौ ।