यतिबेला एउटा गीत हिट छ, ‘ठेकीमा दहि’ । यो गीत फिल्म ‘हुर्रे’मा समावेश छ । फागूण २५ गते अर्थात शुक्रबारदेखि रिलिज हुन लागेको यो फिल्मलाई लिएर यसको निर्माण टोली निकै आशावादी छ । फिल्मको प्रमोशनका लागि यसका लागि मोफसल टुर सकेर राजधानी फर्किसकेका छन् ।
यो फिल्ममा अनुपविक्रम शाही, केकी अधिकारी, अंकित खड्का, राजाराम पौडेल, बिजय बराल, संगीता नापितको मुख्य भूमिका छ । पूर्ण रुपमा कमेडी कथामा निर्माण भएको फिल्मलाई यख इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो ।
फिल्ममा अभिनेत्री केकी अधिकारीले केटाहरुलाई मोह जालमा फसाउने यूवतिको भूमिका निर्वाहा गरेकी छिन् । फिल्मको सबै छायांकन पशुपति क्षेत्रमा गरिएको छ । फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् । फिल्ममा लगानी भने दावा श्रेर्पा ,सोनम लामा र शेयरिङ्ग डोर्जी लामाको रहेको छ ।