श्रीलंकादेखि बलिउडसम्मको यात्रा अभिनेत्री ज्याकलिन फर्नान्डेजका लागि सुखद बनिरहेको छ । बलिउडका ठूला ब्यानर र चल्तीका कलाकारसँग उनले फिल्ममा काम गरिरहेकी छिन् । यसैले पनि उनका लागि बलिउड फापिरहेको छ ।
ज्याकलिन केहि समय अगाडि मात्र मुम्बइको एक फ्ल्याटमा बस्दै आएकी थिइन् । अपार्टमेन्टबाट समुन्द्रको आकर्षक दृश्य पनि देखिन्छ । तर, यी सुन्दरीलाई त्यतीले मात्र लोभ्याएन । अहिले उनी, मुम्बइमा नयाँ अपार्टमेन्ट खोजिरहेकी छिन् । ज्याकलिन शानदार र आकर्षक अपार्टमेन्टमा बस्न चाहन्छन् ।
यसैले, एक सातादेखि उनी अपार्टमेन्टको खोजीमा लागेको भारतीय मिडियाले लेखेका छन् । तर, उनले भनेजस्तो अपार्टमेन्ट पाएकी छैनन् । ज्याकलिन सन् २०१८ को पहिलो दिनमा नै नयाँ घरमा सर्न चाहन्थिन् । तर, उनले सोचेजस्तो घर नपाउँदा योजना सफल हुन सकेन ।