रोहित रुम्बाको निर्माणमा बनेको फिल्म ‘नेप्टे’को ट्रेलर सार्वजनिक भएको छ । आर. रोशनी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्म भित्र दयाहाङ राई, रोहित रुम्बा, वुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, प्रनिशा सिलवालको मुख्य भूमिका छ । यो फिल्ममा पहिलो पटक अभिनेता दयाहाङ राई खलपात्रको भूमिकामा देखिएका छन् ।
फिल्मलाई देबकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्मको ट्रेलरलाई कमेडी शैलीमा ढालिएको छ । एउटा गाउँको कथामा यो फिल्म बनेको छ । फिल्ममा रोहितकै कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, हरि लामा घलेको छायांकन, तारा थापाको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, बाबु बोगटी, सन्तोष राज र रोहित रुम्बाको संगीत छ ।