अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको लभ लाइफको बारेमा त अब मिडिया र दर्शक बेखबर छैनन् । दीपिका र रणवीरले त अहिलेसम्म प्रेमलाई स्विकार गरिसकेका छैनन् । तर, यी दुई केहि बर्षदेखि प्रेमको यात्रामा दौडिरहेका छन् ।
दीपिका र रणवीरको प्रेम यात्राको साना-साना खबर पनि मिडियाका लागि मसला बन्ने गरेको छ । रणवीरले अवार्ड लिदै गरेको तस्बिर सामाजिक संजालमा राखेका थिए । रणवीरले राखेको तस्बिरमा अभिनेत्री दीपिका पादुकोणले कमेन्ट गर्दै लेखिन्-‘माइन’ ।
दीपिकाले यो कमेन्ट लेखेको केहि समयमा नै डिलेट गरिन् । आखिर, दीपिकाले किन कमेन्ट डिलिट गरिन् यो उनले नै जान्ने कुरा हो । तर, कतै उनी यो एउटा सानो कमेन्टले नै मिडियामा चर्चा हुन्छ भन्ने सोचिरहेकी त थिइनन् ?