अभिनेत्री प्रियंका कार्की फिल्म भित्रको भूमिका भन्दा पनि धेरै फिल्ममा काम गर्ने मुडमा छिन् । नेपालकी नम्बर १ अभिनेत्रीले काम गरेका संझनलायक फिल्म कम छन् । तर, संख्या धेरै छ ।
फिल्ममा आमा होस् या आइटम गर्ल, प्रियंकाले गरिरहेकी छिन् । अब, उनी फिल्म ‘नाई नभन्नु ल ५’मा आमाको भूमिकामा देखिदैछिन् । अभिनेत्री स्वस्तिमा खड्काको आमाको भूमिकामा कार्की देखिन लागेकी हुन् । विकास आचार्यको निर्माण तथा निर्देशनमा बन्न लागेको यो फिल्म भदौ ८ गतेबाट रिलिज हुनेछ ।
फिल्ममा नयाँ अभिनेताले काम गर्नेछन् । फिल्ममा अनुभव रेग्मी र स्यार्टिना शर्माको मुख्य भूमिका रहनेछ । फिल्ममा सामिप्यराज तिमिल्सिना र विकासकै कथा, पटकथा तथा संवाद छ ।
फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, बसन्त सापकोटाको संगीत रहनेछ ।