अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह अहिले चर्चामा छन् । यी दुई चर्चामा रहनुको मुख्यकारण, यी दुइको कानुनी बिहेको खबर हो ।
अनु र सविन जिल्ला अदालत पुग्दा उनीहरुले कानुनी बिहे गरेको खबर सार्वजनिक भयो ।
तर, यी दुइले कानुनी बिहे नगरेको, अर्के मुद्दाका लागि पुगेको बताएका छन् । अभिनेत्री अनु शाहले आफू अभिनेता सविनको साथी मात्र गएको बताएकी छिन् । सविनलाई एक व्यक्तिले धम्की र गाली गलौज गर्न थालेपछि उनी अनुलाई लिएर जिल्ला अदालत पुगेका हुन् ।
अनु र सविन लामो समयदेखि प्रेममा छन् । प्रेममा रहेपनि यी दुइले आफुहरुलाई मिल्ने साथी मात्र बताउँदै आएका छन् । अनुले पनि सविनलाई नजिकको साथी भनेकी छिन् । तर, सविन र अनुले चाडै नै बिहे गर्न लागेको चर्चा चलेको छ ।