अभिनेत्री बर्षा सिवाकोटी अहिले बल्ल आफ्नो करिअरलाई लिएर गम्भिर हुन थालेकी छिन् । कुनै समय चर्चामा आएर मात्र हुँदैन भन्ने बर्षा अहिले भने मिडियामा आउने हरदम कोशिश गरिरहेकी छिन् । साथै, फिल्ममा काम गर्नका लागि पनि उनी अग्रसर छिन् ।
बर्षाले अहिले आफूलाई शारीरिक रुपमा पनि तन्दुरुस्त बनाउन मिहिनेत गरिरहेकी छिन् । उनको मिहिनेत दैनिक रुपमा जारी छ । बर्षा फिल्म ‘भैरे’को छायांकनको क्रममा ५५ केजी पुगेकी थिइन् । तर, अहिले उनी ५० केजी भैसकिन् । अझै, पनि ५ केजी घट्ने तयारीमा उनी छिन् ।
४५ केजीको तौल किन चाहियो उनलाई ? सिवाकोटीका अनुसार उनी विकिनी शरीर बनाउन चाहन्छिन् । यसैका लागि उनले मिहिनेत गरिरहेकी हुन् ।
विकिनी शरीर बनाएर विकिनी लगाउने योजना भने आफ्नो नभएको उनले बताएकी छिन् ।