मल्टिस्टारर कलाकारको मुख्य भूमिका रहेको फिल्म ‘सत्रु गते’ सेफ जोनमा पुगेको छ । ३ दिनमा बम्पर कमाई गर्दै यो फिल्मले आफ्नो लगानी सुरक्षित गर्ने बाटो तय गरेको हो ।
प्रदिप भट्टराइले निर्देशन गरेको यो फिल्मले ३ दिनमा ३ करोड भन्दा बढी ग्रस कलेक्शन गरेको छ । यति कमाई गर्दा निर्माताको हातमा १ करोड भन्दा बढी रकम पर्न आउँछ ।
शुक्रबार ७२ लाख कमाई गरेको यो फिल्मले शनिबार १ करोड ४३ लाख र आइतबार १ करोड १२ लाख कमाई गरेको छ । निर्माता किरण केसीले व्यापार र दर्शकको प्रतिक्रिया दुबै राम्रो रहेको बताए ।
यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, शिवहरि पौडेल, पल शाह, आँचल शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।