अभिनेत्री आँचल शर्माका पहिरन हरेक कार्यक्रममा खुल्न थालेका छन् । अभिनेत्रीको यो खुलेको पहिरनले उनको चर्चा पनि बढाएको छ ।
अभिनेता पल शाहसँग प्रेममा रहेकी आँचल पलसँग नै बढी खुल्छिन् भनिन्छ । आँचल र पलले लगातार ३ वटा फिल्ममा काम पनि गरे ।
तर, अब आँचल पहिलो पटक नयाँ अभिनेतासँग देखिएकी छिन् । अभिनेता आकाश श्रेष्ठसँग आँचल फिल्म ‘ब्ल्याक’मा देखिएपछि उनको जोडी पल र आकाशमध्ये कोसँग बढी सुहायो भन्ने चर्चा पनि सुरु भएको छ ।
फिल्मको गीत रिलिज कार्यक्रममा आँचल आकाशसँग खुलिन् । साथमा यी दुइको मित्रता पनि राम्रो देखियो । धेरैले पलविना आँचल असहज देखिन्छिन् कि भन्ने सोचेका थिए । तर, आँचल आकासँग पनि गीतको भिडियोमा जस्तै खुलेकी छिन् ।