छायांकन रोकिएको फिल्म ‘जय शम्भु’को अहिले धमाधम छायांकन भैरहेको छ । फिल्मको छायांकन सेटमै अभिनेत्री बर्षा सिवाकोटीले जन्मदिनको केक काटेकी छिन् ।
उनले, फिल्म सेटमा अभिनेता अनुपविक्रम शाही, खलपात्र प्रशान्त ताम्राकार र निर्माण टिमसँग केक काटेकी हुन् । यस्तै, उनले जन्मदिनको अवसर पारेर ‘धुर्मुस सुन्तली फाउन्डेशन’लाई नगद ५१ हजार रकम समेत हस्तान्तरण गरेकी छिन् ।
अन्तरराष्ट्रिय क्रिकेट मैदान बनाउन लागिपरेको फाउन्डेशनलाई उनले जन्मदिनको अवसरमा ५१ हजार रकम सहयोग गरेकी हुन् ।