कलाकार तथा निर्माता रोहित रुम्बाले पत्रकारसँग कुरा गर्दै आफूले फिल्म ‘नेप्टे’ निर्माण गर्दा भक्तपुरको डेढ रोपनी जग्गा बेचेको बताए । उनले, अन्य केहि ठाउँमा पनि आफूले जग्गा बैंकमा राखेको भन्दै फिल्मले नकमाएको खण्डमा ती सबै जग्गा उतार्न अरु नै काम गर्ने बताएका छन् ।
शुक्रबारदेखि रिलिज हुने यो फिल्मको लागि रोहितले आफ्नै सबै कुरा लगाएको बताए । नेपालमा फिल्म बनाएर धेरै निर्माता डुबेका छन् भने कतिको घर र खेत नै सकिएको छ ।
रोहितको कुराले पनि उनी अहिले यही अवस्थामा रहेको वुझ्न सकिन्छ । दयाहाङ राइको क्रेज, कमेडी संवादले भरिएको ट्रेलर आदिका कारण पनि फिल्मले इनिसियल व्यापार गर्न सक्छ ।
तर, एक निर्मातालाई जग्गा नै डुबाउनुपर्ने अवस्था एउटा फिल्मले बनाउन हुँदैन । तर, यसो भन्दैमा दर्शक हलसम्म निर्माताका लागि नै आउँछन् भन्ने पनि छैन । शुक्रबार फिल्म रिलिज भएपछि रोहित सफल हुन्छन् या असफल, थाहा हुनेछ ।