अभिनेता अनमोल केसी मिडियामा आएका खबरमा खासै टिप्पणी नै गर्दैनन् । तर, उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै केहि मिडियाको खबरमा आपत्ती जनाएका छन् ।
अनमोलको नाम जोड्दै समाचारमा नभएको कुरालाई हेडलाइन मात्र बनाएर केही अनलाइनले पित पत्रकारिता गरेपछि अनमोल आक्रोशित भएका हुन् । उनले, आफ्नो नाम जोडेर समाचार विकाउनकै लागि चरित्र हत्या नगर्न सबैसँग आग्रह गरेका छन् ।
अनमोलले गाउँले भनेका पाखे हुन् भनेको भन्दै केही अनलाइनले हेडलाइन बनाएर समाचार प्रकाशन गरेपछि अनमोलले आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् । उनले, आफूले कसैको बारेमा केहि पनि नभनेको र सबैसँग सद्भाव रहेको बताएका छन् ।
अनमोलको स्पष्टिकरणपछि धेरै मिडियाले ती समाचार हटाएका छन् । तर, एउटा कलाकारको बिषयमा भ्रामक खबर प्रकाशन गर्दा उसलाई असर पर्छ भन्ने मिडियाले पनि वुझ्न जरुरी छ ।